NadaNada
बिहीबार, भदौ ५, २०८२

ताराखोलाका वडाध्यक्ष झुण्डिएको अवस्थामा मृत फेला

 |  बुधबार, चैत २७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, चैत २७, २०८१

vianetvianet

बागलुङको ताराखोला–३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत भेटिएका छन्।

आज बिहान ११ बजेतिर घर नजिकै रहेको काठको बलोमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ। डोरीको पासो लगाई झुन्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले घटनास्थलमा पुगेर शव निकालेको छ। ताराखोला प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक विष्णुप्रसाद शर्माको कमाण्डमा ४ जना र थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय गलकोटबाट प्रहरी देवराज काफ्लेको कमान्डमा ७ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको छ। ​

५० वर्षीय भण्डारी नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्ष निर्वाचित भएका थिए।

प्रकाशित: Apr 09, 2025| 17:39 बुधबार, चैत २७, २०८१
प्रतिक्रिया दिनुहोस्