शुक्रबार, वैशाख ५, २०८२

नाइट क्लबको छत भत्किँदा सय जनाको मृत्यु

 |  बुधबार, चैत २७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, चैत २७, २०८१

vianetvianet

काठमाडौं- डोमेनिकन रिपब्लिकनमा एक क्लब घरको छत भत्किँदा झन्डै १०० जनाको मृत्यु भएको छ।

triton college

गायक रुबी पेरेजको जेट सेट नाइट क्लबमा कन्सर्ट चलिरहँदा क्लबको छत भत्किएको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार छत भत्किने समयमा पाँच सयदेखि एक हजार मानिस सहभागी थिए।

प्रख्यात डोमिनिकन मेरेन्गु गायक पेरेजले मञ्चमा गाइरहेको अवस्थामा मध्यरातमा छत भत्किएको थियो।

राष्ट्रपति लुइस अबिनाडरकाले घटनास्थलको भ्रमण गरी तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन्।
 

प्रकाशित: Apr 09, 2025| 16:03 बुधबार, चैत २७, २०८१
प्रतिक्रिया दिनुहोस्