बिहीबार, असोज १५, २०८३

काठमाडौंमा हल्का वर्षा, प्रदूषणबाट मिल्ला राहत ?

 |  बुधबार, चैत २७, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत २७, २०८१

काठमाडौं- लामो समयपछि काठमाडौं उपत्यकामा पानी परेको छ। उपत्यकाका विभिन्न स्थानमा हावा हुरीसहित वर्षा भएको हो।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा भएसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण घट्ने अपेक्षा गरिएको छ। वर्षासँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण केही घटेको छ। हिजोसम्म विश्वका प्रदूषित शहरहरुको सूचीमा पहिलो नम्बरमा रहेको काठमाडौं आज दिउँसो भने दोस्रो नम्बरमा झरेको छ।
काठमाडौं उपत्यकासहित झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङ लगायतका विभिन्न जिल्लामा पनि मेघ गर्जन र चट्याङ सहित हल्का पानी परिरहेको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको छ। 

प्रकाशित: Apr 09, 2025| 15:51 बुधबार, चैत २७, २०८१
प्रतिक्रिया दिनुहोस्