NadaNada
बिहीबार, भदौ ५, २०८२

कैलालीमा बीभत्स अवस्थामा एक पुरुषको शव भेटियो

 |  बुधबार, चैत २७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, चैत २७, २०८१

vianetvianet

कैलाली- जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरियामा आज एक जनाको शव फेला परेको छ। इलाका प्रहरी कार्यालय मालाखेती अगाडि रहेको दुर्गा मन्दिर परिसरमा पुरुषको शव फेला परेको हो। 

पहिचान नखुलेका ती पुरुष अन्दाजी ३५–४० वर्षका जस्तो देखिने इलाका प्रहरी कार्यालयले जनाएको छ। मृतकको टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरिएको जस्तो देखिएको कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिनुभयो। ढुङ्गाले हानेर टाउकोको बायाँपट्टिको भाग र आँखा फुटाइएकाले अनुहार चिनिने अवस्थामा नरहेको उनले बताए। 

शव नजिकै रगत लागेको ढुङ्गा पनि फेला परेको बताउँदै प्रनाउ थापाले साथमा लुगाबाहेक कुनै सामान फेला नपरेको जानकारी दिए। पुरुषको शव मन्दिरको दक्षिणतर्फ प्राङ्गणमा भेटिए पनि घटना मन्दिरभित्रै भएको प्रहरीले जनाएको छ। शव भेटिएको ठाउँभन्दा २० मिटर दूरीमा रहेको मन्दिर प्राङ्गण रताम्मे छ। 

मन्दिरबाट घिसारेर शव तल फालिएकोजस्तो देखिएको प्रनाउ थापाको भनाइ छ। उनका अनुसार प्रहरीले शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ। 

प्रकाशित: Apr 09, 2025| 14:57 बुधबार, चैत २७, २०८१
प्रतिक्रिया दिनुहोस्