शुक्रबार, वैशाख ५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • रवि पक्राउबारे रास्वपाले गरायो मानव अधिकार आयोगको ध्यानाकर्षण

रवि पक्राउबारे रास्वपाले गरायो मानव अधिकार आयोगको ध्यानाकर्षण

 |  बुधबार, चैत २७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, चैत २७, २०८१

vianetvianet

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई पछिल्लो पटक पक्राउ गर्ने क्रममा मानव अधिकारको गम्भीर उल्लंघन भएको भन्दै मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ।

triton college

लामिछानेलाई गत शुक्रबार राति निजी निवास हात्तीगौंडाबाट पक्राउ गर्ने क्रममा प्रहरीले सामान्य कानुनी प्रक्रिया पनि पूरा नगरेको भन्दै रास्वपाले बुधबार मानव अधिकार आयोग पुगेर रास्वपाका नेताहरूले निवेदन दर्ता गरेका हुन्।

निवेदनमा लामिछानेविरुद्ध अशोभाविक, अशोभनीय, गैरकानुनी कार्य भएको, प्रहरीले असामान्य व्यवहार गरी अभद्र शैली अपनाएको, अनुमतिविनै घरभित्र प्रवेश गरेको, सयन कक्षमै पुगेर धरपकड गरेको लगायतका विषय उल्लेख गरिएको छ।

घटनाको आवश्यक छानबिन गरेर दोषीलाई कारबाही गर्न रास्वपाले माग गरेको छ । सामान्य पक्राउ पुर्जीसमेत नलिइ अदालतको आदेश मान्ने भन्दै प्रहरीले प्रयोग गरेका शब्दहरूप्रति पनि रास्वपाले आपत्ति जनाएको छ ।

प्रकाशित: Apr 09, 2025| 13:03 बुधबार, चैत २७, २०८१
प्रतिक्रिया दिनुहोस्