बिहीबार, असोज १५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारद्वारा मुद्दा दायर

सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारद्वारा मुद्दा दायर

 |  बुधबार, चैत २७, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत २७, २०८१

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिकामा सेनिटरी प्याड खरिदमा भ्रष्टाचार भएको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलगायतका अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आर्थिक बर्ष २०७७/७८ र आव २०७८/७९ का लागि सेनिटरी प्याड खरिदमा प्रतिप्याकेट रु ७९ दशमलव एक  कायम गरी ठेक्का गरिएको थियो।

आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रह्लादप्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफविरुद्ध रु ५१ लाख ९९ हजार एक सय २० बराबरको बिगो माग दावी गरी मुद्दा दायर गरेको जनाएको छ।

यस्तै, आयोगले सागरदेवी फर्मा हैटौडा तथा त्यसका सञ्चालक विमलेश साहविरुद्ध पनि समान बिगो दावी गरिएको छ। सरकारी कर्मचारीसँग मिलेमतो गरी गैरकानुनी लाभ हासिल गरेको आरोप आयोगले सञ्चालक साहविरुद्ध पनि लगाइएको छ।

आरोपी सबैलाई बिगो बमोजिम कारवाहीको माग गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

प्रकाशित: Apr 09, 2025| 08:39 बुधबार, चैत २७, २०८१
प्रतिक्रिया दिनुहोस्