बिहीबार, असार ४, २०८३

तीनकुने घटनाका पीडित परिवारलाई भेटेर के भने मेयर बालेनले ?

 |  मंगलबार, चैत २६, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २६, २०८१

काठमाडौं- महानगरपालिकाका मेयर बालेन शाहले तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जन र सुरेश रजकका परिवारलाई भेटेका छन्।

National life

महर्जनका परिवारलाई कीर्तिपुर र रजकका परिवारलाई डल्लु पुगेर भेटी उनले समवेदना व्यक्त गरेका हुन्।

यही चैत १५ गते भएको राजावादी समूहको प्रदर्शनका क्रममा दुई युवाको ज्यान गएकोप्रति दुःख व्यक्त गर्दै मेयर शाहले कुनै पनि व्यक्तिले ज्यान गुमाउनु सामान्य विषय नभएको बताए। अपराध जुनसुकै पक्षबाट भएको भए पनि त्यसको निष्पक्ष छानबिन हुनुपर्ने र दोषीउपर कडा कानुनी कारबाही गर्नुपर्नेमा उनले जोड दिए।

'राज्यले उक्त घटनाको बारेमा निष्पक्ष छानबिन गर्नुपर्छ। सरकारबाट न्यायिक अनुसन्धान भएर दोषीलाई कारबाही नभएमा पीडित परिवारलाई कानुनी उपचारमा सघाउन महानगरपालिका तयार छ,' मेयर शाहले भने।

पीडित परिवारको पक्षमा कानुनी सहायता उपलब्ध गराउने तथा महानगरको तर्फबाट नियमानुसार आर्थिक सहयोग प्रदान गरिने जानकारी उनले दिए।

Shivam cement

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले पनि पीडित परिवारलाई भेटेका थिए।
 

प्रकाशित: Apr 08, 2025| 19:43 मंगलबार, चैत २६, २०८१
प्रतिक्रिया दिनुहोस्