आइतबार, मंसिर २८, २०८२

बार अध्यक्षमा रमण श्रेष्ठभन्दा विजय मिश्र हजार मतले अघि

 |  मंगलबार, चैत २६, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २६, २०८१

काठमाडौं- नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ।

National life

पछिल्लो नतिजाअनुसार सत्ता समीकरण निकटका उम्मेदवार विजयप्रसाद मिश्रले २०१० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी रमणकुमार श्रेष्ठले १००७ मत प्राप्त गरेका छन्।​ दुई उम्मेदवारबीच १००३ मतको अन्तर देखिन्छ।

यसैगरी अध्यक्षका अन्य उम्मेदवार राजु कैतीले ९, आशिष पौडेलले १५  र उज्वल घिमिरेले ५ मत पाएका छन्। उपाध्यक्षमा पदमप्रसाद लिम्बूले २१५८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कर्णबहादुर राईले ७९०  मत ल्याएका छन्।​

२७औं केन्द्रीय कार्यसमितिको २५ सदस्यका लागि ५७ जना चुनावी मैदानमा छन् । कार्यसमिति चयन गर्न ९ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको थियो । ​

बारको नयाँ कार्यसमितिका लागि शनिबार मतदान भएको थियो । काठमाडौं र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्रमा मतदान भएको थियो ।
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 08, 2025| 17:49 मंगलबार, चैत २६, २०८१
प्रतिक्रिया दिनुहोस्