बिहीबार, पुस १०, २०८२

राप्रपा कार्यकर्ताले उठाए फोहोर, मेयर बालेनले दिए धन्यवाद

 |  मंगलबार, चैत २६, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २६, २०८१

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई धन्यवाद दिएका छन्। राप्रपाले कार्यक्रम स्थलको फोहोर सफा गरेकोमा मेयर शाहले धन्यवाद दिएका हुन्।

National life

‘कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुँदैन, सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ,’ मेयर शाहले मंगलबार अपराह्न फेसबुकमा लेखेका छन्, ‘राप्रपाले आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा धेरै-धेरै धन्यवाद छ।’

राप्रपाले मंगलबार काठमाडौंको बल्खुमा खबरदारी सभा गरेको थियो। उक्त सभा सकिएपछि राप्रपाका स्वयमसेवक तथा नेता कार्यकर्ताहरूले कार्यक्रम स्थलमा रहेको फोहोर सफा गरेका थिए।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं महानगरपालिकालाई कार्यक्रम क्षेत्रको फोहोर राप्रपा आफैले सफा गर्ने भन्दै पत्र नकाट्न आग्रह गरेका थिए।

यसअघि राप्रपाले महानगरलाई फोहोर र महानगरका संरचनामा क्षति पुर्‍याएकोमा एक लाख रुपैयाँ जरिवाना तिरेको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 08, 2025| 17:39 मंगलबार, चैत २६, २०८१
प्रतिक्रिया दिनुहोस्