बिहीबार, असोज १५, २०८३

सांसद राणासहित २० जनालाई १५ दिनको म्याद थप

 |  मंगलबार, चैत २६, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २६, २०८१

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री तथा सांसद धवलशमशेर राणासहित २० जनाविरुद्ध १५ दिनको म्याद थप भएको छ।

काठमाडौं जिल्ला अदालतले उनीहरूलाई थप १५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो। राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएकाहरू अब १५ दिनमा हिरासतमै रहने भएका छन्। 

प्रहरीले अहिलेसम्म तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको क्रममा ७३ जनालाई पक्राउ गरेको छ। राजावादी समूहका तर्फबाट १५ चैतमा भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो। साथै आगजनी, तोडफोड र लुटपाटसमेत भएको थियो।

प्रकाशित: Apr 08, 2025| 16:04 मंगलबार, चैत २६, २०८१
प्रतिक्रिया दिनुहोस्