बिहीबार, पुस १०, २०८२

बिहीबार रातिसम्म विभिन्न स्थानमा वर्षाको सम्भावना

 |  मंगलबार, चैत २६, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २६, २०८१

काठमाडौं- बिहीबार रातिसम्म देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मंगलबारदेखि बिहीबारसम्म देशका विभिन्न स्थानमा वर्षाका साथै हिमपातको समेत सम्भावना रहेको विभागको भनाइ छ।

National life

मंगलबार कोशी प्रदेशको पहाडी तथा तराईका क्षेत्रहरू, बागमती, गण्डकी र लुम्बिनीको पहाडी क्षेत्रका केही भूभागमा मेघ गर्जन  र चट्याङसहित वर्षा हुने सम्भावना छ। बुधबार भने देशभर पानी पर्ने सम्भावना रहेको छ। 

बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै देशका अन्य केही क्षेत्रमा पनि वर्षा हुने विभागले जनाएको छ।

पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको पानीको कणसहितको हावाको प्रभावका कारणले यस्तो मौसमी अवस्था आएको हो।

प्रकाशित: Apr 08, 2025| 15:46 मंगलबार, चैत २६, २०८१
प्रतिक्रिया दिनुहोस्