बिहीबार, पुस १०, २०८२

१७ वर्षपछि 'करायो धुरीबाट पाप'

 |  मंगलबार, चैत २६, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २६, २०८१

काठमाडौं- व्यक्ति हत्या गरेर फरार भएका एक अभियुक्त १७ वर्षपछि समातिएका छन्।

National life

२०६४ साल वैशाख १५ गते पर्साको साविक बहुअर्वाभाठा गाविस-५ का ढोडा मुखिया विनको हत्या गरी फरार भएका लोकनाथ साह तेली अहिले पक्राउ परेका हुन्।

साहले जग्गा विवादको विषयमा छलफल गर्न भनी बोलाएर मुखियाको गोली प्रहार गरी हत्या गरेका थिए। उनलाई सर्वोच्च अदालतले २०६९ कात्तिक २४ गते सर्वस्वसहित जन्म कैदको फैसला सुनाएको थियो।

अभयुक्त साह भारतको एक मन्दिरमा पुजारीको रुपमा बसिरहेको खुलेको छ। उनलाई प्रहरीले हिजो सोमबार पर्साको वीरजन्जबाट पक्राउ गरेको हो। प्रहरीले उनलाई फैसला कार्यान्वयनको लागि पर्सा जिल्ला अदालतमा पेश गरेको छ।
 

प्रकाशित: Apr 08, 2025| 15:00 मंगलबार, चैत २६, २०८१
प्रतिक्रिया दिनुहोस्