बिहीबार, असोज १५, २०८३

तीनकुने घटनामा अहिलेसम्म ७३ जना पक्राउ

 |  मंगलबार, चैत २६, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २६, २०८१

काठमाडौं- काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा पक्राउ पर्नेको संख्या ७३ पुगेको छ।

घटनाको १० दिनमा पनि मानिसहरु पक्राउ पर्ने क्रम जारी छ। प्रहरीले घटनामा संलग्न रहेको आशंकामा विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिँदै आएको छ। प्रहरीले सामाजिक सञ्जालमा देखिएका भिडियो, फोटो, सिसिटिभी फुटेज लगायतका आधारमा पक्राउ गर्दै आएको छ।

पक्राउ परेका मध्ये ७३ जनाविरूद्ध प्रहरीले जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेको छ। उनीहरुमध्ये २० जनाविरूद्ध राज्यविरूद्धको कसुरमा अनुसन्धान भइरहेको छ।

यो मुद्दा लाग्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री तथा सांसद धवलशमशेर राणा पनि छन्। बाँकी ५३ जनालाई आपराधिक उपद्रव र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ।

प्रदर्शनमा पत्रकार सुरेश रजक र सविन महर्जनको मृत्यु भएको थियो। त्यस दिन २० जना गोली लागेर घाइते भएका थिए।

प्रकाशित: Apr 08, 2025| 13:14 मंगलबार, चैत २६, २०८१
प्रतिक्रिया दिनुहोस्