बिहीबार, पुस १०, २०८२

शिक्षकहरुले बाले दिउँसै बत्ती

 |  मंगलबार, चैत २६, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २६, २०८१

काठमाडौं- शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलन गरिरहेका शिक्षक–कर्मचारीहरुले आज दिउँसै टर्च बालेर सरकारको सांकेतिक विरोध गरेका छन्।

National life

बानेश्वर–बबरमहल सडक खण्डमा भेला भएका उनीहरुले मोबाइलको टर्च बालेर विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले छिटो शिक्षा ऐन जारी गर्न माग गर्दै नाराबाजी गरेका थिए।

उनीहरुको प्रदर्शनका कारण बानेश्वर–बबरमहल खण्डमा सवारी आवागमन प्रभावित भएको छ। गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु आन्दोलनमा छन्। उनीहरुले चैत २० गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन्। उनीहरुले यसलाई अन्तिम र निर्णायक आन्दोलन भनेका छन्।

शिक्षकहरुले चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल घोषणा गरेका छन्। शिक्षकहरुको आन्दोलनले एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षण समेत प्रभावित हुने भएको छ।

प्रकाशित: Apr 08, 2025| 13:09 मंगलबार, चैत २६, २०८१
प्रतिक्रिया दिनुहोस्