बिहीबार, पुस १०, २०८२

सेयर बजारमा दोहोरो अंकको गिरावट

 |  सोमबार, चैत २५, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत २५, २०८१

काठमाडौं- नेप्से परिसूचक आज दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेप्से ३२.४५ अंकले घटेर २६७०.९४ विन्दुमा कायम भएको छ। 

National life

आज ३२२ कम्पनीको १ करोड १४ हजार ८६६ कित्ता सेयर ५ अर्ब ६५ करोड ८९ लाख  ७३ हजार ७६६ रुपैयाँमा खरिदबिक्री भएको छ। नेप्से दोहोरो अंकले घट्दा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। 

दोहोरो अंकले घटेको सेयर  बजारमा बुटवल पावरको सेयर सर्वाधिक ६.७५ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्सको ५० करोड ३६ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले  ४३ करोडको कारोबार गर्दा नेपाल रिइन्स्योरेन्सले ३३ करोड,राधी विद्युतले २८ करोड  र हिमालयन पावरले २१ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

प्रकाशित: Apr 07, 2025| 15:32 सोमबार, चैत २५, २०८१
प्रतिक्रिया दिनुहोस्