बुधबार, असोज १, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • निलम ढुंगाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी

निलम ढुंगाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी

 |  सोमबार, चैत २५, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

सोमबार, चैत २५, २०८१

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं- नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकिएको छ। गभर्नर नियुक्तका लागि गठित सिफारिस समितिले नाम सिफारिस गर्न ढिलाई गरेपछि अर्थ मन्त्रालयले तिम्सिनालाई उक्त जिम्मेवारी दिएको हो। 

नेपाल राष्ट्र बैङ्क ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकेको उनको सचिवालयले जनाएको छ।

गभर्नर नियुक्ति सिफारिस गर्नका लागि अर्थमन्त्री पौडेलको संयोजकत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेल सम्मिलित तीन सदस्यीय समिति गठन गरिएको छ।

प्रकाशित: Apr 07, 2025| 15:00 सोमबार, चैत २५, २०८१
प्रतिक्रिया दिनुहोस्