बिहीबार, पुस १०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • अटोमोबाइल क्षेत्रका दुवै संस्थाले भने- मिलेर काम गर्छौं

अटोमोबाइल क्षेत्रका दुवै संस्थाले भने- मिलेर काम गर्छौं

 |  आइतबार, चैत २४, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत २४, २०८१

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र हालै गठन भएको नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले नेपालको अटोमोबाइल क्षेत्रको समग्र विकासमा प्रतिबद्ध रहेको जनाएका छन्।

National life

दुवै संस्थाले आइतबार संयुक्त विज्ञप्ति जारी गरी यस्तो प्रतिबद्धता जनाएका हुन्। लामो समयदेखि नेपालका अटोमोबाइल व्यवसायी समेट्ने साझा संस्था भएर काम गर्दै आएको नाडाले नेपालको अटोमोबाइल क्षेत्रको समग्र प्रवर्द्धन, नीति निर्माणमा सहकार्य एवं व्यापार–व्यवसाय सहज बनाउने काममा सधैं सक्रिय रहँदै आएको उल्लेख गरेको छ।

त्यसैगरी अटोमोबाइल उद्योगलाई समर्थन गर्ने र राष्ट्र विकासमा योगदान पुर्‍याउने दृष्टिकोणले स्थापना भएको एवं नेपालको अटोमोबाइल नीति निर्माण गर्न तथा उद्योगसँग सम्बन्धित चुनौती समाधान गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको पनि नाडाको भनाइ छ।

हालै गठित नाइमाले मोबिलिटी सशक्तीकरणका लागि वकालत गर्दे जाने जनाएको छ। नाइमामा नेपालका अटोमोबाइल आयातकर्ता र निर्माताले प्रतिनिधित्व गर्छन्।

नाइमाले अटोमोबाइल उद्योगको विशेष क्षेत्रमा प्रतिनिधित्व गर्ने भए तापनि यसको कार्यक्षेत्र उद्योग र सरोकारवालाको सशक्तीकरण, विकास तथा समृद्धिमा केन्द्रित रहने विज्ञप्तिमा उल्लेख छ।

Laxmi sunrise bank
kumari

वातावरणमैत्री अभ्यास, उपभोक्ता शिक्षा प्रवद्र्धन, सडक सुरक्षा तथा पूर्वाधार सुधारका आवश्यकता सम्बोधन गर्दै सरकारसँग मिलेर यी उद्देश्य पूरा गर्न काम गर्ने नाइमाले जनाएको छ। नाइमाको उद्देश्य मोबिलिटी मार्फत विकास सशक्त बनाउने रहेको छ। यसले रणनीतिक नीतिगत वकालतबाट नेपालको अटोमोटिभ क्षेत्रलाई सबल बनाउने लक्ष्य राखेको छ, जसमा दिगो तथा सुरक्षित मोबिलिटीलाई प्राथमिकता दिइने छ।

दुवै संगठन अटोमोबाइल व्यवसायमा प्रत्यक्ष संलग्न भएकाले केही सदस्य कम्पनी दुवैको हिस्सा बन्न छनोट गर्न सक्ने एवं प्रत्येक संघले आफ्नो लक्ष्यप्रति प्रतिबद्ध रहँदै स्वतन्त्र रूपमा आफ्ना प्रयास जारी राख्ने संयुक्त विज्ञप्तिमा उल्लेख छ।

हालै नाइमाको स्थापनासँग सम्बन्धित छलफल तथा समाचारहरूबाट नाडाको भूमिकालाई लिएर केही भ्रम उत्पन्न भएको संयुक्त विज्ञप्तिमा जनाइएको छ। ‘हामी स्पष्ट पार्न चाहन्छौं नाडा र नाइमा दुवै संस्थाको स्वतन्त्र सहअस्तित्वले नेपालमा अटोमोबाइल उद्योगलाई सशक्त बनाउने छ भन्नेमा दुवै संस्थाले विश्वास गर्छन्,’ संयुक्त विज्ञप्तिमा भनिएको छ।

नेपालको अटोमोबाइल क्षेत्र दिगोपन, नवप्रवर्तन र नीतिगत स्थिरतातर्फ अग्रसर हुँदै गर्दा नाडा र नाइमा दुवै संस्था व्यवसायीहरूको हकहित संरक्षण, उद्योगमैत्री नीति निर्माणमा सहकार्य तथा समग्र क्षेत्रको प्रगतिमा पूर्ण रूपमा प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

नाइमा आगामी ४ वैशाखदेखि औपचारिक रूपमा स्थापना हुनेछ। त्यही बेला नाइमाले आफ्नो स्पष्ट दृष्टिकोण, प्रमुख कार्यक्षेत्र, मध्य तथा दीर्घकालीन योजन एवं मोबिलिटी सशक्तीकरणका लागि गर्न लागेको हस्तक्षेप कार्यक्रम सार्वजनिक गर्ने जनाइएको छ।

प्रकाशित: Apr 06, 2025| 20:16 आइतबार, चैत २४, २०८१
प्रतिक्रिया दिनुहोस्