आइतबार, जेठ १८, २०८२

बीपीको सालिकमा कालोमोसो दलेको विषयमा राप्रपाले माफी माग्यो 

 |  आइतबार, चैत २४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, चैत २४, २०८१

vianetvianet

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपालगन्जमा बीपी कोइरालाको सालिकमा कालोमोसो लगाएको घटनामा माफी मागेको छ। राप्रपा नेपालगन्ज नगर कार्य समितिले वक्तव्य जारी गर्दै उक्त घटनालाई ‘भवितव्य’ भनेको छ।

शनिबार नगर कार्य समितिको आह्वानमा नेपालगन्जको बीपी चोकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले राँके जुलुस निकालेको थियो। आफ्ना नेताको रिहाइको माग गर्दै निकालिएको राँके जुलुसमा प्रहरीले हस्तक्षेप गरेको र अञ्जानवश उक्त घटना भएको नगर कार्य समितिका अध्यक्ष हुकुमसिंह केसीले जारी गरेको वक्तव्यमा जनाइएको छ। 

वक्तव्यमा भनिएको छ, “सबैका आस्थाका केन्द्र देशका नेता तथा जननिर्वाचित पूर्वप्रधानमन्त्री बीपी कोइराला हामी सबैका जनप्रिय नेताप्रति हाम्रो सधैं सम्मान र विश्वास रहेको छ र रहिरहनेछ। उक्त भवितव्य घटनाबाट कुनै पनि राजनीतिक दल र व्यक्तिको आस्थाप्रति ठेस पुगेकोमा हामीलगायत नगर कार्य समिति क्षमाप्रार्थी छौं।”

कुनै पनि राजनीतिक दल र व्यक्ति विशेषलाई होच्याउने मनशाय नभएको केसीले बताएका छन्। 

प्रकाशित: Apr 06, 2025| 14:32 आइतबार, चैत २४, २०८१
प्रतिक्रिया दिनुहोस्