बुधबार, असोज १, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ बैंकका ग्राहकलाई क्यापिटल हस्पिटलमा २० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकलाई क्यापिटल हस्पिटलमा २० प्रतिशतसम्म छुट

 |  आइतबार, चैत २४, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

आइतबार, चैत २४, २०८१

vianetvianet

काठमाडौं- सिद्धार्थ बैंक र क्यापिटल हस्पिटल प्रालिबिच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।

Kumaribank

सम्झौताअनुसार सिद्धार्थ बैंकका ग्राहकले पुतलीसडकस्थित क्यापिटल हस्पिटलमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समयअघि मात्रै ‘सिद्धार्थ रिवार्डस्’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ।

प्रकाशित: Apr 06, 2025| 12:09 आइतबार, चैत २४, २०८१
प्रतिक्रिया दिनुहोस्