शनिबार, वैशाख १९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नबिल बैंकका कार्यवाहक सीईओ ज्ञवालीलाई नेपाल-इटाली वाणिज्य संघको बधाई

नबिल बैंकका कार्यवाहक सीईओ ज्ञवालीलाई नेपाल-इटाली वाणिज्य संघको बधाई

 |  आइतबार, चैत २४, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत २४, २०८१

National life

काठमाडौं- नेपाल इटाली वाणिज्य तथा उद्योग संघले आफ्ना उपाध्यक्ष मनोज कुमार ज्ञवालीलाई नबिल बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको रूपमा पदोन्नति भएकोमा हार्दिक बधाई व्यक्त गरेको छ।

नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका अध्यक्ष सञ्जय अग्रवाल तथा बोर्ड सदस्यहरूले ज्ञवालीको यो महत्वपूर्ण उपलब्धिलाई सराहना गर्दै भने, “बैंकिङ क्षेत्रमा उहाँको समर्पण, नेतृत्व क्षमता र अपार अनुभव निकै प्रशंसनीय छ। 
उनको पदोन्नति उहाँले पुर्‍याउनु भएको उत्कृष्ट योगदानको प्रतिबिम्ब हो, र हामी पूर्ण विश्वास गर्छौं कि उहाँको नेतृत्वमा नबिल बैंक अझ उचाइमा पुग्नेछ।

नेपाल–इटाली वाणिज्य तथा उद्योग संघ आफ्ना सदस्यहरूको उपलब्धिमा गर्व गर्ने र नेपाल तथा इटालीबीचको आर्थिक सहकार्यलाई सुदृढ पार्दै व्यावसायिक प्रगति प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको बताइएको छ।
 

प्रकाशित: Apr 06, 2025| 12:08 आइतबार, चैत २४, २०८१
प्रतिक्रिया दिनुहोस्