बुधबार, असोज १, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • दाङबाट विभिन्न गन्तव्यका लागि बसका टिकट अब ‘बससेवा’ एपमा

दाङबाट विभिन्न गन्तव्यका लागि बसका टिकट अब ‘बससेवा’ एपमा

 |  आइतबार, चैत २४, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

आइतबार, चैत २४, २०८१

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं- दाङबाट संघीय राजधानी काठमाडौँसहित विभिन्न मुख्य गन्तव्यमा सार्वजनिक बसबाट यात्रा गर्नेहरूका लागि अनलाइनमार्फत नै टिकट काट्ने सुविधा उपलब्ध भएको छ। त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रा.लि. बससेवामा आबद्ध भएसँगै यस कम्पनीद्वारा सञ्चालित लक्जरी बसहरूको टिकट घरमै बसेर अनलाइनमार्फत काट्न सकिने भएको हो।

बससेवाले त्रिसिद्धेश्वरीका विभिन्न ६ वटा रुटमा चल्ने बसको टिकट आफ्नो अनलाइन प्लेटफर्ममार्फत काट्न सकिने जनाएको छ। दाङ–काठमाडौँ–दाङ, दाङ–पोखरा–दाङ, दाङ–दिल्ली, दाङ बुटवल, दाङ–वीरगन्ज र दाङ–प्युठान रुटको बस टिकट अब अनलाइमार्फत नै काट्न सकिने भएको हो।
यो सेवाले यात्रुको समयसँगै टिकट शुल्कमा पनि बचत हुने बससेवाले जनाएको छ। बससेवा नेपालको पहिलो अनलाइन बस टिकेटिङ प्लेटफर्म हो। कम्पनीले संघीय राजधानीबाट देशका सयौँ गन्तव्यमा चल्ने सार्वजनिक यातायातको टिकट अनलाइनमार्फत उपलब्ध गराउँदै आएको छ।

मोबाइल एप ‘बससेवा’मा लगइन गरेपछि यात्रुले आफ्नो गन्तव्य, यात्रा मिति र समय छनोट गरी त्रिसिद्धेश्वरीको बसको सिट बुक गर्न सकिन्छ। अथवा, वेबपोर्टलमार्फत कुनै ब्राउजरमा बससेवा डटकम ९दगककभधब।अयm० बाट पनि टिकट काट्न सकिन्छ। निलो रङ लागेको सिट खाली भएको संकेत हुनाले त्यसमध्ये आफूलाई पायक पर्ने सिट छानेर अनलाइन माध्यमबाट भुक्तानी गरेपछि टिकट बुक हुन्छ। बससेवाले एसएमएसबाट पनि टिकट सुनिश्चित भएको जानकारी गराउँछ। त्यसपछि प्राप्त हुने टिकट सुरक्षित राखेर त्यही देखाएर बसमा यात्रा गर्न सकिन्छ वा टिकट काटेको सुनिश्चित भएको एसएमएस पनि देखाउन सकिन्छ।
 

प्रकाशित: Apr 06, 2025| 12:07 आइतबार, चैत २४, २०८१
प्रतिक्रिया दिनुहोस्