आइतबार, असार २९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाली बजारमा आयो सामसङ ग्यालेक्सी एम१६ फाइभजी, के छन् फिचर ?

नेपाली बजारमा आयो सामसङ ग्यालेक्सी एम१६ फाइभजी, के छन् फिचर ?

 |  आइतबार, चैत २४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, चैत २४, २०८१

vianetvianet

काठमाडौं- सामसङले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ग्यालेक्सी एम१६ फाइभजी सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो फोनमा स्टाइल, परफर्मेन्स र सुरक्षा सुविधाहरूको उत्कृष्ट संयोजन गरिएको छ।

यसमा ६.७ इन्चको फुलएचडी प्लस सुपर एमोलेड डिस्प्ले, मिडियाटेक डाइमेन्सिटी ६३०० प्रोसेसर, ५० मेगापिक्सेलको मुख्य क्यामेरा, १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा र ५००० एमएएच ब्याट्री राखिएको छ। फोनमा २५ वाटको फास्ट चार्जिङ सपोर्ट छ।

सामसङले यो मोडेलमा ६ वर्षसम्म अपरेटिङ सिस्टम र सुरक्षा अपडेट उपलब्ध गराउने छ। साथै, सामसङ नक्स भल्ट र भ्वाइस फोकसजस्ता सुविधाले फोनलाई अझ सुरक्षित बनाउने कम्पनीको दाबी छ।

ग्यालेक्सी एम१६ फाइभजीको नेपाली बजार मूल्य २६ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ। फोन ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज क्षमतामा उपलब्ध छ। कलर अप्सनमा ब्ल्याक, लाइट ग्रिन र लाइट पिङ्क छन्।

साथै, ग्राहकले हुलास फिनसर्भको सहकार्यमा न्यूनतम १३५० रुपैयाँ मासिक ईएमआईमा फोन खरिद गर्न सक्नेछन्। पुराना फोन एक्सचेन्ज गरी नयाँ एम१६ फाइभजी किन्न सबकोफोन र अर्कोस्टोरबाट सुविधा प्राप्त गर्न सकिने सामसङ नेपालले जनाएको छ।
 

प्रकाशित: Apr 06, 2025| 12:05 आइतबार, चैत २४, २०८१
प्रतिक्रिया दिनुहोस्