बिहीबार, पुस १०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालमा एक वर्षमै दिपलका ८ सय गाडी बिक्री, ९६ बढी चार्जिङ स्टेसन

नेपालमा एक वर्षमै दिपलका ८ सय गाडी बिक्री, ९६ बढी चार्जिङ स्टेसन

 |  आइतबार, चैत २४, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत २४, २०८१

काठमाडौं- विद्युतीय गाडी (ईभी) ब्रान्ड दिपलले नेपाल प्रवेशको पहिलो वर्ष पूरा गरेको छ।

National life

नेपालमा सार्वजनिक गरिएको एक वर्षमै दिपलले ८ सयभन्दा बढी ग्राहकको मन र विश्वास जितेर आफूलाई नेपालको १ नम्बरको लक्जरी ईभी ब्रान्डका रूपमा स्थापना गर्न सफल भएको विज्ञप्ति मार्फत जनाएको छ।

ग्राहकको बेजोड साथ र सहयोगबाट एमएडब्लू वृद्धि अटोकर्पले दिपललाई ‘इलेक्टिक मोबिलिटी र इनोभेसन’ मा आफूलाई स्थापित गरेको हो। नेपालका लागि दिपलको आधिकारिक वित।क एमएडब्लू वृद्धि अटोकर्प हो।

पहिलो वर्ष दिपलले दिपल एस०७, दिपल एल०७, दिपल एस०७ एल र दिपल ई०७ गरी चार प्राविधिक रूपमा उच्चकोटीको ईभी मोडेल सार्वजनिक गरेको छ। यी ईभीमा उपलब्ध ‘जेस्चर कन्ट्रोल’, ‘एआर–एचयूडी’, ‘सनफ्लावर टचस्क्रिन’ जस्ता १० भन्दा बढी ‘इन्डस्ट्री–फर्स्ट’ फिचरका माध्यमबाट दिपलले ईभीबाट ग्राहकले गर्ने अपेक्षा पुनर्परिभाषित गरेको छ।

एमएडब्लू वृद्धिले हाल नेपालका ९६ भन्दा बढी स्थानमा चार्जिंङ स्टेसन सञ्चालन गर्दै आएको छ, जुन नेपालकै सबैभन्दा ठूलो सञ्जाल हो। यस अवधिमा दिपलले नेपालका लोकप्रिय क्रिकेट आइकन तथा पूर्वकप्तान पारस खड्कालाई आफ्नो आधिकारिक ‘ब्रान्ड एम्बासडर’ बनाएको छ भने नीति शाह, सन्दीप क्षेत्री, प्रतिश जीसी, सुशान्त केसी, स्वेता खड्का, जोन चाम्लिङ राई जस्ता देशका ३० भन्दा बढी चर्चित सेलिब्रिटी र खेलाडीले दिपललाई आफ्नो यात्राको साथी बनाएका छन्।

Laxmi sunrise bank
kumari

दिपलले क्रिकेट लेजेन्ड ब्रायन लारा र बलिउड गायक सोनु निगमजस्ता हस्तीलाई पनि नेपाल ल्याएर ब्रान्डको उपस्थिति माथि पुर्‍याउनुका साथै नेपाल पनि अन्तर्राष्ट्रिय सहकार्यका लागि गन्तव्य हुन सक्छ भन्ने देखाएको छ।

सार्वजनिक भएको पहिलो वर्ष एमएडब्लु वृद्धिले चांगान अटोबाट नेपालमा ‘ईभी इनोभेसन’ मार्फत ‘ग्रिन मोबिलिटी’ मा योगदान पुर्‍याएको भन्दै ‘सांग्रिला न्यु इनर्जी अवार्ड‘ पाएको थियो। यसबाहेक ‘टेकलेख’ ले दिपल एस०७ लाई ‘एसयूभी अफ द इयर २०२४’ बाट सम्मान गरेको थियो।
 

प्रकाशित: Apr 06, 2025| 12:02 आइतबार, चैत २४, २०८१
प्रतिक्रिया दिनुहोस्