सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई ‘नन–लाइफ इन्स्योरेन्स अफ द इयर’ अवार्ड

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई ‘नन–लाइफ इन्स्योरेन्स अफ द इयर’ अवार्ड

 |  आइतबार, चैत २४, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत २४, २०८१

काठमाडौं- निर्जीवन बीमा कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ‘नन–लाइफ इन्स्योरेन्स अफ द इयर’ अवार्ड प्राप्त गरेको छ।

कर्पोरेट म्यागजिनले कम्पनीलाई सो अवार्ड प्रदान गरेको हो। बिहीबार र्‍याडिसन होटेलमा आयोजित १७औँ संस्करणको ‘कर्पोरेट बिजनेश अवार्ड’ समारोहमा कम्पनीलाई ‘नन–लाइफ इन्स्योरेन्स अफ द इयर’ अवार्ड प्रदान गरिएको कर्पोरेट म्यागजिनका संस्थापक सम्पादक उज्वलजंग शाहले जानकारी दिए।

कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र बहादुर बैदवार क्षेत्रीले अवार्ड ग्रहण गरे। कार्यक्रमका प्रमुख अतिथि रक्षामन्त्री मानवीर राई, अवार्ड छनोट समिति संयोजक तथा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) की पूर्व अध्यक्ष भवानी राणा, कर्पोरेट मिडियाकी उपाध्यक्ष सुष्मा महरालगायतले उनलाई अवार्ड प्रदान गरेका थिए।
 

प्रकाशित: Apr 06, 2025| 12:01 आइतबार, चैत २४, २०८१
प्रतिक्रिया दिनुहोस्