बिहीबार, पुस १०, २०८२

ह्विलचियरमा नौमती बाजा बजाएर गुजारा

 |  शनिबार, चैत २३, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, चैत २३, २०८१

गलकोट (बागलुङ)- चैते दसैँको अवसरमा कालिका मन्दिर पुग्ने जङ्गलको बीच भागमा नौ जनाले नौमती बाजा बजाएर घर खर्चको जोहो गरिरहेका छन्।

National life

पोखरा आसपासको क्षेत्रमा बसोबास गर्ने उनीहरूले शुक्रबारदेखि कालिका मन्दिर परिसरमा नौमती बाजा बजाएर घरखर्चको जोहो गरिरहेका हुन्। नौमध्ये दुई जना मात्रै सबालाङ्ग छन्। उनीहरूको समूहमा दुई महिला र सात जना पुरुष सहभागी छन्।

बागलुङको कालिका मन्दिर दर्शनका लागि कालिका बालउद्यानबाट मन्दिरतर्फ जाने बाटोमा ह्विलचियरमा बसेर बाजा बजाएको दृश्यले सबैलाई आकर्षित गर्दछ। 

 नौमती बजाउनेमध्ये सात जना शारीरिक रूपमा अशक्त रहेको ध्रुव नेपालीले बताए। ह्विलचियरमा बसेर नौमती बाजा बजाउन सिकेको उल्लेख गर्दै यो सीपले जीविकोपार्जनमा सहज भएको बाजा बजाउँदै उनले जानकारी दिए।  

“अपाङ्गता भएकाहरू एकजुट भएर बाजा बजाउन सिकेका हौँ। ढाड भाँचिए पनि परिवारको खर्च जुटाउनुपर्ने बाध्यता छ। त्यसै मागेर हिड्नुभन्दा नौमती बाजा बजाएर कलाको संरक्षणसँगै खर्च सङ्कलनको पहल थालेका हौँ। बाजा मन पर्नेले दिनुभएको रकमबाट घर खर्च चल्ने गरेको छ”, उनले भने, “कामसहित प्रतिभा देखाए सबैले माया गर्नुहुन्छ। सङकलन भएको रकम नौ जनाले बाढेर घर खर्चको जोहो गर्दछौँ।”

Laxmi sunrise bank
kumari

दाताहरूले दिएको थोरै रकमले पनि आफूहरूलाई राहत मिल्ने गरेको जनाउँदै मेला, पर्व तथा मानिसको आवतजावत र घुइँचो बढी हुने क्षेत्रमा ह्विलचियरमै बसेर नौमती बाजा बजाउने गरेको भुमिराज थापाले बताए। समूहमा सात जना अपाङ्गता भएका व्यक्ति रहेको जनाउँदै उनले सातै जनाको ढाडसम्बन्धी समस्या रहेको उल्लेख गर्नुभयो। कसैको भिरबाट लडेर, कसैको सवारी दुर्घटनामा परेर ढाड भाँचिएपछि ह्विलचियरको सहारा लिँदै आएको उनको भनाइ छ।

“सबैमा ढाडको समस्या छ, उनहरू हिड्न सक्नुहुँदैन। ह्विलचियरमा बसेरै बाजा बजाएर सङ्कलन भएको रकमले घर खर्चको जोहो हुँदै आएको छ। चैतेदसैँ मेलामा अझै तीन दिन बाजा बजाएर पोखरा फर्कर्ने योजना छ”, थापाले भने, “अपाङ्गताले प्रतिभालाई छेक्ने रहेनछ, अहिले मेला महोत्सवमा बाजा बजाउँदा धेरैले माया र सम्मान गर्नुहुन्छ।” 

शारीरिक अपाङ्गता भएकाले टाढाटाढा जान भने समस्या भएको धना मगरले गुनासो गर्नुभयो। “शारीरिक रूपमा अशक्त भएपनि कला र प्रतिभा देखाउन सकेमा यसको संरक्षण हुनुका साथै जीविकोपार्जनमा पनि सहजता हुन्छ”, उनले भने। उनले सडकको पहुँच पुगेका स्थानमा बाजा बजाउन जान सहज हुने बताउँदै मेला, पर्वमा आफूहरू बाजा बजाउँदै आएको अनुभव सुनाए।

प्रकाशित: Apr 05, 2025| 18:45 शनिबार, चैत २३, २०८१
प्रतिक्रिया दिनुहोस्