बुधबार, चैत ४, २०८२

कञ्चनपुरका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

 |  बिहीबार, चैत २१, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २१, २०८१

कञ्चनपुर- चैते धानखेती गर्ने शुक्लाफाँटा नगरपालिका-१० का ६ जना किसानलाई ५० प्रतिशत अनुदानमा मिनी टिलर उपलब्ध गराइएको छ। कृषि ज्ञान केन्द्रको चैतेधान प्रवद्र्धन कार्यक्रमअन्तर्गत ध्रुवतारा सामुदायिक विकास कृषि सहकारी संस्थामा आबद्ध किसानलाई मिनी टिलर उपलब्ध गराइएको हो। 

National life

'८० हजार पर्ने मिनी टिलर किसानलाई आधा मूल्यमा उपलब्ध गराएका छौँ', सहकारीका प्रबन्धक ललिता पन्तले भनिन्, '६ वटा मिनी टिलरसँगै तीन वटा पाइडल इलेक्ट्रिक धान थ्रेसर र सिँचाइका लागि एक वटा बोरिङ ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएका छौँ।'

योसँगै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत प्राप्त एक वटा मिनी टिलर पनि ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराइएको उनले बताइन्।

चैतेधान प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्रले यान्त्रीकरणमा अनुदान उपलब्ध गराउन र चैते धानखेतीका लागि सहकारीलाई रु सात लाख १९ हजार प्रदान गरिएको प्रबन्धक पन्तले जानकारी जानकारी दिइन्।

सहकारीमा आबद्ध किसानले चालु आवमा ६ बिघामा चैतेधान रोप्न बेर्ना तयार गरेका छन्। रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 03, 2025| 16:31 बिहीबार, चैत २१, २०८१
प्रतिक्रिया दिनुहोस्