बिहीबार, असार ४, २०८३

पश्चिम नवलपरासीमा व्यावसायिक च्याउखेती

 |  बिहीबार, चैत २१, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २१, २०८१

नवलपरासी- पश्चिम नवलपरासीमा च्याउखेतीमा किसानको आकर्षण बढन थालेको छ। केही वर्ष अघिसम्म परीक्षणका रूपमा खेती सुरु गरेका किसानले अहिले व्यावसायिक उत्पादन गर्न थालेका हुन्।

National life

वैदेशिक रोजगारमा जानुभन्दा स्वदेशमा केही गर्नुपर्छ भन्ने उद्देश्य बोकेर ‘जय माँ दुर्गे बहुउद्देशीय कृषि फार्म’ दर्ता गरेर पाल्हीनन्दन गाउँपालिका-३ का ४५ वर्षीय तारेन्द्र बर्माले व्यावसायिक रूपमा च्याउखेती गर्न थालेका हुन्। 

कुश्मा सेवा केन्द्रमा च्याउखेतीसम्बन्धी तालिम लिएर १० वर्षदेखि आर्गनिक खेती गर्दै आएको बर्माले बताए। करिब दुई लाख रुपैयाँ लागतमा एककठ्ठा जग्गामा दुई हजार ५ सय प्लाष्टिकका थैलामा च्याउ उमारिएको बताउँदै सुरुका वर्ष खेतीसम्बन्धी आफूलाई ज्ञान नभएकाले केही नोक्सानी भएको उनले अनुभव सुनाए। 

'जाडोमा उत्पादन बढेसँगै बजार मूल्य घट्छ, गर्मीको समयमा तापक्रम बढेसँगै च्याउ उत्पादन घट्छ। यसवर्ष उत्पादन र बजारीकरणमा कुनै समस्या आएन भने रु पाँच लाख बराबरको च्याउ बिक्री गर्ने लक्ष्य छ', उनले भने। 

आज कृषि विकास निर्देशनालय बुटवलका बागवानी निर्देशक सन्देश धिताल, कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख रवीन्द्रनाथ चौबेलगायत कर्मचारीले बर्माले उत्पादन गरेको च्याउ फार्मको अवलोकन गरे। 

Shivam cement

जिल्लामा २५ जना किसानले व्यावसायिक रूपमा च्याउखेती गरिरहेका कृषि ज्ञान केन्द्रका प्रमुख चौबेले जानकारी दिए। केन्द्रले किसानको सहजताका लागि समन्वय र सहकार्य गरिरहेको उनको भनाइ छ। रासस

प्रकाशित: Apr 03, 2025| 17:01 बिहीबार, चैत २१, २०८१
प्रतिक्रिया दिनुहोस्