आइतबार, साउन १७, २०८३

कुलमान र हितेन्द्रदेवको सुनुवाइ सकियो, आदेश आजै आउने

 |  बिहीबार, चैत २१, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २१, २०८१

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको रिटको सुनुवाइ सकिएको छ।

न्यायाधीश कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा तीन दिनदेखि निरन्तर सुनुवाइ भइरहेकोमा आज सकिएको हो।

सुनुवाइ सकिएसँगै आजै आदेश आउने सम्भावना छ। यसअघि आइतबार उक्त रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र शारंगा सुवेदीको इजलासमा परेको थियो। उक्त इजलासले रिट हेर्न नमिल्नेमा राखेको थियो।

दुवै जनाको रिट एकैसाथ हेर्ने गरी राउत र सुवेदीको इजलासमा परेको थियो। त्यसअघि गत चैत १५ गते न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा पेसी तोकिएको थियो। उक्त इजलासले दुवै पक्षलाई छलफलका लागि आइतबार बोलाउन भनेको थियो।

घिसिङले मन्त्रिपरिषद्ले उनलाई बर्खास्त गरी शाक्यलाई नियुक्त गर्ने निर्णयलाई बदर गर्न अन्तरिम आदेशको माग गरेका छन्। शाक्यले भने यसअघि आफूलाई गैरकानुनी रूपमा हटाइएको भन्दै चार वर्षको पारिश्रमिक माग गरेका छन्।

प्रकाशित: Apr 03, 2025| 16:19 बिहीबार, चैत २१, २०८१
प्रतिक्रिया दिनुहोस्