शुक्रबार, असोज १६, २०८३

कञ्चनपुरमा जंगली हात्ती मृत भेटियो

 |  बिहीबार, चैत २१, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २१, २०८१

कञ्चनपुर- दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलमा आज वयस्क भाले जङ्गली हात्ती मृतावस्थामा फेला परेको छ। सीमा क्षेत्र नजिकै नेपाली भूमिमा हात्ती मृतावस्थामा फेला परेको हो।

हात्ती मृत फेला परेको घटनास्थलमा पशु चिकित्सकसहितको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकोे टोली पुगेर जाँच र अनुसन्धानको कार्य गरिरहेको वडाध्यक्ष हरिसिंह धनाडीले बताए।
 
बिहान हात्ती मृतावस्थामा फेला परेपछि स्थानीय बासिन्दाले खबर गरेको उनले बताए। हात्तीको मृत्युको कारण भने खुल्न सकेको छैन। उनका अनुसार हात्तीको उमेर ८ देखि १० वर्षको रहेको छ। दुई महिनाअघि मात्रै लालझाडी गाउँपाालिकाको जाँइमा पनि हात्ती मृतावस्थामा फेला परेको थियो। 

प्रकाशित: Apr 03, 2025| 15:59 बिहीबार, चैत २१, २०८१
प्रतिक्रिया दिनुहोस्