बुधबार, पुस ९, २०८२

बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

 |  बिहीबार, चैत २१, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २१, २०८१

National life
Laxmi sunrise bank
kumari

बागलुङ- बागलुङमा पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने तीनजना घाइते भएका छन्। जिल्लाको गलकोट नगरपालिका–३ हटिया बजारदेखि कोटमैदान जाँदै गरेको ग१ज ६१०० नम्बरको पिकअप दुर्घटना हुँदा गलकोट –११ रिघाका २२ वर्षीय विष्णु रानाको मृत्यु भएको हो।

दुर्घटनामा गलकोट–५ सर्दाखेतका २२ वर्षीय राजन विक, वडा नम्बर ४ डाँडाखेतका १९ वर्षीय रमेश सुनार र वडा नम्बर ३ बोहराफाँटका १९ को अशोक बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।

पिकअपमा चारजना सवार रहेको उनको भनाइ छ। घाइते तीन जनाको गलकोट नगर अस्पतालमा उपचार भइरहेको यादवले जानकारी दिए। चैतेदसैँ मेलाका लागि कोटमैदान जाँदै गर्दा पिकअप दुर्घटनामा परेको उनले बताए।

प्रकाशित: Apr 03, 2025| 13:48 बिहीबार, चैत २१, २०८१
प्रतिक्रिया दिनुहोस्