बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • महानगर प्रहरीले लगाएको ताला कर्मचारीले फुटाए, हाजिर भए प्रमुख प्रशासकीय अधिकृत गुरागाईं

महानगर प्रहरीले लगाएको ताला कर्मचारीले फुटाए, हाजिर भए प्रमुख प्रशासकीय अधिकृत गुरागाईं

 |  बिहीबार, चैत २१, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २१, २०८१

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं महानगरपालिका कार्यालयमा हाजिर भएका छन्। उनलाई कर्मचारीहरूले सुरक्षा दिएर कार्यकक्षसम्म पुर्‍याएका थिए।

National life

कर्मचारीहरूले उनको कार्यकक्षमा लगाइएको ताला फुटाएर गुरागाईंलाई कार्यकक्षमा पुर्‍याएका हुन्। गुरागाईंलाई महानगरपालिकामा रोक्न मेयर बालेन्द्र शाहले महानगर प्रहरी परिचालन गरी अवरोध गरेका थिए।

उनले गुरागाईंको कार्यकक्षसमेत बन्द राख्न लगाएका थिए। कमलादीस्थित महानगरपालिका कार्यालय पुगेका गुरागाईंलाई नगर प्रहरीले गेटमै अवरोध गर्न खोजेका थिए।

गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो। काठमाडौं महानगरपालिकाले गुरागाईंमाथि भ्रष्टाचारको आरोप लगाएको छ। मेयर शाहले केही दिनअघि फेसबुक स्टाटसमार्फत गुरागाईंमाथि आर्थिक अनियमितताको आरोप लगाएका थिए।

मेयर शाहले गुरागाईंलाई हटाएर नयाँ प्रमुख प्रशासकीय अधिकृत ल्याउन चाहेका थिए। तर, उनीमाथिको कुनै पनि आरोप पुष्टि नभएकाले सरकार गुरागाईंलाई हटाउन तयार भएन। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनैलाई निरन्तरता दिएपछि मेयर शाहले सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै आएका छन्।

Shivam cement

प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरपालिकाका कर्मचारीले तीन महिनादेखि तलबभत्ता लिन पाएका छैनन्। महानगरपालिकाको सेवा प्रभावित छ।

प्रकाशित: Apr 03, 2025| 12:31 बिहीबार, चैत २१, २०८१
प्रतिक्रिया दिनुहोस्