आइतबार, असार २२, २०८२

दुर्गेशको 'दुस्मन हेरेको हेर्‍यै' तीन महिनामै पाँच करोडभन्दा बढीले हेरे

 |  बिहीबार, चैत २१, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २१, २०८१

vianetvianet

काठमाडौं- दुर्गेश थापाको गीत ‘दुस्मन हेरेको हेर्‍यै’ ले युट्युबमा ५ करोड भ्यूजको आँकडा पार गरेको छ। 

यो सफलताप्रति कृतज्ञता व्यक्त गर्दै थापाले सामाजिक सञ्जालमा ‘तपाईंहरूको अथाह माया, साथ र समर्थनले दुस्मन हेरेको हेर्‍यै तीन महिनामै ५ करोड क्लबमा प्रवेश गरेको छ। यो उपलब्धि तपाईंहरूको साथको प्रतिफल हो’ लेखेका छन्।

गीत रिलिज भएको तीन महिनामै यो कोसेढुंगामा पुगेको हो। गीतमा दुर्गेश थापासँगै आनन्द कार्की, समीक्षा अधिकारी र एलिना चौहानको स्वर छ। म्युजिक भिडियोमा प्रियंका कार्की, कविता नेपाली, पेमा लामा र सहदेव श्रेष्ठको अभिनय छ।

यो सफलताले नेपाली सङ्गीतको बढ्दो लोकप्रियतालाई उजागर गरेको छ। गीत अहिले युट्युब ग्लोबल ट्रेण्डिङको ७१ औं स्थानमा छ। पछिल्लो समय दुर्गेश थापालाई देश तथा विदेशका कार्यक्रममा यही गीतका कारण भ्याइनभ्याइ छ। उनी हेलिकप्टर यात्रा गर्दै एकै दिन तीन वटासम्म महोत्सवमा पुगिरहेका छन्।

प्रकाशित: Apr 03, 2025| 12:13 बिहीबार, चैत २१, २०८१
प्रतिक्रिया दिनुहोस्