बुधबार, पुस ९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • हाजिर गर्न महानगर जान लागेका गुरागाईंको कार्यकक्षमा ताला, नगर प्रहरीले लगायो गाडीमा ह्विल लक

हाजिर गर्न महानगर जान लागेका गुरागाईंको कार्यकक्षमा ताला, नगर प्रहरीले लगायो गाडीमा ह्विल लक

 |  बिहीबार, चैत २१, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २१, २०८१

काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर गर्न नदिन नगर प्रहरी तैनाथ गरिएको छ। महानगरपालिकाका कर्मचारीले भने गुरागाईंको निरन्तरताको माग गरेका छन्।

National life

काठमाडौं महानगरपालिकाले भने गुरागाईंमाथि भ्रष्टाचारको आरोप लगाएको छ। मेयर बालेन शाहले केही दिनअघि फेसबुक स्टाटसमार्फत गुरागाईंमाथि आर्थिक अनियमितताको आरोप लगाएका थिए।

महानगर कार्यालय परिसरमा प्रहरी परिचालन गरिएको छ। कर्मचारीहरू आन्दोलित भइरहेका छन् भने परिस्थिति अझै सामान्य हुन सकेको छैन। संघीय सरकार र महानगर नेतृत्वबीचको यो विवाद चर्किंदै जाँदा कामकाजमा असर परेको छ।

मेयर साहले गुरागाईंलाई हटाएर नयाँ प्रमुख प्रशासकीय अधिकृत ल्याउन चाहेका थिए। तर, उनीमाथिको कुनै पनि आरोप पुष्टि नभएकाले सरकार गुरागाईंलाई हटाउन तयार भएन। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनैलाई निरन्तरता दिएपछि मेयर शाहले सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै आएका छन्।

प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा महानगरीय प्रहरीले ताला लगाएको छ। गुरागाईं २०८१ पुस १४ गतेदेखि निलम्बनमा छन्। मेयर बालेनले उनलाई निलम्बन गरेका हुन्।

Laxmi sunrise bank
kumari

पुरानो बसपार्कको काठमाडौं टावर १२ तलाको बनाउने भनिएको थियो। तर, त्यसलाई १९ तलाको बनाउन स्वीकृति दिएको आरोपमा गुरागाईंलाई कार्यालयमा उपस्थित हुन रोक लगाइएको छ।

महानगरले गुरागाईंमाथि छानबिन गर्न तीन समिति बनाएको थियो। तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई नै काम गर्ने वातावरण मिलाउन निर्देशन दिँदै आएको छ। सोही निर्देशनबमोजिम गुरागाईं कार्यालयमा जान लागेका हुन्।

तीन महिनापछि कार्यालयमा हाजिर हुन जान लागेका प्रमुख प्रशासकीय अधिकृतको गाडीमा महानगर प्रहरीले ‘ह्वील लक’ गरिदिएको छ। नगर प्रहरीले प्रशासकीय अधिकृतको गाडीमा ह्विललक गरेको महानगर गेटमा जम्मा भएका कर्मचारीले बताएका छन्।

प्रशासकीय अधिकृतलाई हाजिर गराउन महानगरका प्रवक्ता नवीन मानन्धरसहितका वडाध्यक्षहरू कार्यालय पुगेका छन्। महानगरलाई जनप्रतिनिधिले चलाउनुपर्नेमा नगर प्रहरीबाट चलाउन खोजिएको उनीहरुको आरोप छ।

 

प्रकाशित: Apr 03, 2025| 11:42 बिहीबार, चैत २१, २०८१
प्रतिक्रिया दिनुहोस्