सोमबार, साउन १८, २०८३

त्रिभुवन विमानस्थलमा फोहोर थुप्रियो

 |  बिहीबार, चैत २१, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २१, २०८१

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सरसफाइ कर्मचारी तलब नपाएको विरोधमा आन्दोलनमा उत्रिएका छन्। कर्मचारी आन्दोलनमा उत्रिएपछि अहिले विमानस्थलको आन्तरिकतर्फ सरसफाइ रोकिएको छ।

तलब माग गर्दै दश दिनदेखि आन्दोलनमा उत्रिएका सरसफाइ कर्मचारीहरूले आन्तरिकतर्फको कुनै पनि फोहोर नउठाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। कर्मचारीले फोहर नउठाउँदा आन्तरिकतर्फको क्षेत्रमा निकै दुर्गन्ध फैलिएको छ।

कर्मचारी कालो ब्यानर टाँगेर आन्दोलनमा छन्। फोहोरको गन्धले विमानस्थल वरपर बसिसक्नु छैन। सरसफाइ कर्मचारीहरूको तलबका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिमा पत्राचार भए पनि समितिले निकासा नदिएका कारण उनीहरूको तलब रोकिएको हो।

 

प्रकाशित: Apr 03, 2025| 11:20 बिहीबार, चैत २१, २०८१
प्रतिक्रिया दिनुहोस्