NadaNada
बुधबार, भदौ ४, २०८२

जल्दै गरेको अवस्थामा उद्धार गरिएकी महिलाको मृत्यु

 |  बुधबार, चैत २०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, चैत २०, २०८१

vianetvianet

काठमाडौं महानगरपालिका–६ तेन्जिङचोकस्थित एक घरमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सुनसरी बाराहक्षेत्र नगरपालिका–२ स्थायी घर भई काठमाडौँ महानगरपालिका–६ को राजेशचन्द्र गिरीको घरमा डेरा गरी बस्ने वर्ष १८ की मुमेन तामाङ (महिला) रहेकी प्रहरीले जनाएको छ । 

आज साँझ ५:२७ बजेको समयमा उनको कोठामा आगलागी भइरहेको अवस्थामा तामाङलाई जलिरहेको देखेपछि तत्काल उद्धार गरिएकोमा साँझ ६:२० बजेको समयमा ओम अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए।

आगलागीको कारण नखुलेको उनले बताए । आगलागी साँझ १७:३५ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रहरी प्रभाग कपनबाट प्रहरी निरीक्षक नेत्रबहादुर कुँवरको कमाण्डमा खटी गएको प्रहरी टोली, स्थानीयवासी र घाइतेको बुबा दधीराम तामाङसमेतको टोलीले आगो नियन्त्रणमा ल्याएको थियो ।

प्रकाशित: Apr 02, 2025| 20:59 बुधबार, चैत २०, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

नेपालबाट गएका धेरैजसो प्लसटु गरेर गएका विद्यार्थीहरू कलेज पढ्न जाँदा ब्याचलरर्स पढ्न भनेर गएको भ्रममा हुन्छन्। उनीहरूले कलेजमा एडमिसन गर्छन्। तर कलेजले ब्याचलरर्स डिग्री दिँदैन,...