सोमबार, साउन १८, २०८३

तीनकुने क्षेत्रमा अराजक गतिविधि गर्ने थप सात जना पक्राउ

 |  बुधबार, चैत २०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत २०, २०८१

काठमाडौं- यही चैत १५ गते तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनमा अराजक गतिविधि गर्ने थप सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

तीनकुने क्षेत्रमा आगजनी, तोडफोड गरी राज्यविरुद्धको कसुर र आपराधिक उपद्रव लगायतका अपराधमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा रुपन्देहीको देवदह नगरपालिका–९ घर भएका ४७ वर्षीय प्रेम थापामगर, झापाका २१ वर्षीय समीर मगर, रामेछापका २२ वर्षीय सुरेश गौतम, ताप्लेजुङका २३ वर्षीय सुशिल बराल, नुवाकोटका २७ वर्षीय रमेश राई, अछामका २० वर्षीय गोकर्ण शाही र संखुवासभाका ३९ वर्षीय मुकुन्द दाहाल छन्।

प्रकाशित: Apr 02, 2025| 19:57 बुधबार, चैत २०, २०८१
प्रतिक्रिया दिनुहोस्