सोमबार, साउन १८, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • तोडफोड र फोहोर नगरी आन्दोलन गरेकोमा बालेनले दिए शिक्षकलाई धन्यवाद

तोडफोड र फोहोर नगरी आन्दोलन गरेकोमा बालेनले दिए शिक्षकलाई धन्यवाद

 |  बुधबार, चैत २०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत २०, २०८१

काठमाडौं- तोडफोड र फोहोर नगरी आन्दोलन गरेकोमा बालेनले शिक्षकलाई धन्यवाद दिएका छन्।

उनले भनेका छन्-

प्रिय शिक्षकहरू, तपाईंहरूले आफ्नो आन्दोलन फोहोर नगरी, केही नभत्काई गरिदिनुभयो, धन्यवाद। हामीले जरिवाना खोजेको होइनौँ, चेतना खोजेको हो। सार्वजनिक सम्पत्ति पनि आफ्नै सम्पत्ति हो भनेर त्यसलाई जोगाउने चेतनशील समाजको निर्माण गर्न खोजेको हो। यही शिक्षा तपाईले आफ्नो विद्यार्थीहरूलाई पनि दिनुहोला । 

हामी सबै मिलेर चेतनशील समाजको निर्माण गरौँ। तपाईहरू त झन् शिक्षक हुनुहुन्छ, तपाईहरूको त झन् ठुलो जिम्मेवारी र भुमिका छ यसमा ।

कृपया, आफ्नो कुरा राख्नलाई चेतनशील भएर विद्यार्थीहरूको पढाइ नबिगारी कार्यक्रम गरिदिनुहोला । गाउँ गाउँमा सिहदरबार भन्ने त नारा मात्र भयो । आशा छ एक दिन आफ्नो अधिकारको लागि काठमाडौ धाइरहनु नपरोस् ।

प्रकाशित: Apr 02, 2025| 18:56 बुधबार, चैत २०, २०८१
प्रतिक्रिया दिनुहोस्