NadaNada
बुधबार, भदौ ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सांसद राणा र ​रवीन्द्र मिश्रसहित ४१ जनालाई थप सात दिन थुनामा राख्न अनुमति

सांसद राणा र ​रवीन्द्र मिश्रसहित ४१ जनालाई थप सात दिन थुनामा राख्न अनुमति

 |  बुधबार, चैत २०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, चैत २०, २०८१

vianetvianet

काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर जबरासहित ४१ जनालाई आपराधिक उपद्रव र संगठित अपराधमा ७ दिन थुनामा राख्न अनुमति दिएको छ ।

न्यायाधीश तारादेवी महर्जनको इजलासले उनीहरूलाई बुधबार थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

चैत १५ गते शुक्रबार काठमाडौंको तीनकुनेमा भएको आन्दोलन भड्काएको, तोडफोड तथा आगजनी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

उक्त घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईं भने फरार छन् । अदालतले रवीन्द्र र धवलशमशेर जबरासहित ११ जनालाई राज्यविरुद्धको कसुर गरेको आरोपमा दोस्रोपटक थप ७ दिन थुनामा राख्ने अनुमति दिएको हो । 

प्रकाशित: Apr 02, 2025| 18:33 बुधबार, चैत २०, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

नेपालबाट गएका धेरैजसो प्लसटु गरेर गएका विद्यार्थीहरू कलेज पढ्न जाँदा ब्याचलरर्स पढ्न भनेर गएको भ्रममा हुन्छन्। उनीहरूले कलेजमा एडमिसन गर्छन्। तर कलेजले ब्याचलरर्स डिग्री दिँदैन,...