बिहीबार, असार ४, २०८३

राष्ट्रपतिलाई भेटेर के भने महजोडीले ?

 |  बुधबार, चैत २०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत २०, २०८१
National life
Shivam cement

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले भेट गरेका छन्। 

राष्ट्रपति कार्यालय शितलनिवासमा बुधबार भएको भेटमा महजोडीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गराउन सुशासन, चुस्त सेवाप्रवाह र भ्रष्टाचार अन्त्यका लागि अभिभावकको हैसियतले राजनीतिक दलका नेताहरूलाई घचघच्याउन आग्रह गरेका छन्।

भेटपछि श्रेष्ठ र आचार्यले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको अविश्वास नरहेको बताए। राजनीतिक दलका नेताहरूको गलत क्रियाकलापप्रति जनताको असन्तुष्टि रहेको उनीहरूको भनाइ थियो। त्यस्ता गतिविधि रोक्दै सुधारका लागि राष्ट्रपतिको भूमिका हुनुपर्ने उनीहरूले सुझाव दिएका छन्।

प्रकाशित: Apr 02, 2025| 18:21 बुधबार, चैत २०, २०८१
प्रतिक्रिया दिनुहोस्