बुधबार, पुस ९, २०८२

कुलमान र हितेन्द्रको रिटमा आज पनि सुनुवाइ सकिएन

 |  बुधबार, चैत २०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत २०, २०८१

काठमाडौं- नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहाली गर्न माग गर्दै कुलमान घिसिङले दर्ता गरेको रिट र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट आज पनि हेर्दाहेर्दमा राखिएको छ।

National life

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुँडाल र नित्यानन्द पाण्डेको इजलासमा कुलमान र शाक्यको रिटमा पनि सुनुवाइ भएको थियो। मंगलबार सुनुवाइ नसकिएर हेर्दाहेर्दैमा रहेको रिटमा आज पनि सुनुवाइ नसकिएको हो।

११ चैतको मन्त्रिपरिषद्ले कुलमानलाई बर्खास्त गरेर प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यलाई नियुक्ति दिएको थियो। साढे चार महिना कार्यकाल बाँकी छँदै सरकारले गैरकानुनी रूपमा पदबाट हटाएको भन्दै उनले गत बिहीबार रिट दर्ता गराएका थिए।

त्यसपछि नवनियुक्त कार्यकारी निर्देशक शाक्यले पनि अघिल्लो कार्यकालमा आफूले राजीनामा नदिएको, गैरकानुनी रूपमा सरुवा निर्णयविरुद्ध रिट किनारा नलागेकोजस्ता कारणले सेवा–सुविधा पाउनुपर्ने माग गर्दै रिट दायर गरेका थिए।
 

प्रकाशित: Apr 02, 2025| 18:15 बुधबार, चैत २०, २०८१
प्रतिक्रिया दिनुहोस्