NadaNada
बुधबार, भदौ ४, २०८२

पूर्वराजा संवेदनशील देखिएनन्: महामन्त्री शर्मा

 |  बुधबार, चैत २०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, चैत २०, २०८१

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादी समूहले गरेको तीनकुने प्रदर्शनमा भएको जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहमा संवेदनशीलता नदेखिएको आरोप लगाएका छन्।

सिंहदरबारमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री शर्माले पूर्वराजा शाहले गत फागुन ७ मा गरेको आह्वानका आधारमा प्रदर्शन भएकोले उनकै संलग्नता रहेको दाबी गरे।

‘पूर्वराजाको अपिलमा प्रदर्शन भइसकेपछि पत्रकारको मृत्यु हुँदै गर्दा उहाँलाई समवेदना फिल हुनु पर्दैन?’ शर्माले प्रश्न गरे। शर्माले राजतन्त्रमा परिवारवादका आधारमा पुरुषलाई मात्र अवसर मिल्ने भए पनि गणतन्त्रले महिला राष्ट्रपति बनाएको बताए।

राजनीतिक दलको नेतृत्व र सरकारप्रति रहेका असन्तुष्टिलाई सुधार गर्दै जानुपर्नेमा शर्माको जोड छ। २०८४ को निर्वाचनपछि मुख्य राजनीतिक दलमा दलको नेतृत्व परिवर्तन हुने दाबी महामन्त्री शर्माले गरे।
 

प्रकाशित: Apr 02, 2025| 18:14 बुधबार, चैत २०, २०८१
प्रतिक्रिया दिनुहोस्