बुधबार, पुस ९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • तीनकुनेमा ज्यान गुमाएका परिवारलाई १० लाख दिने सरकारको निर्णय

तीनकुनेमा ज्यान गुमाएका परिवारलाई १० लाख दिने सरकारको निर्णय

 |  बुधबार, चैत २०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत २०, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- तीनेकुने क्षेत्रमा चैत १५ गते भएको प्रदर्शनमा ज्यान गुमाएका दुई जनाका परिवारलाई सरकारले रातहस्वरुप १०-१० लाख दिने निर्णय गरेको छ। 

बुधबार गृहमन्त्री रमेश लेखकले मृतक परिवारलाई राहतस्वरुप दस-दस लाख प्रदान गर्ने निर्णय गरेका हुन्। अर्थ मन्त्रालयसँगको समन्वयपछि मृतक परिवारलाई दस-दस लाख क्षतिपूर्ति दिइने भएको छ। 

तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा गोली लागेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको आगोमा जलेर मृत्यु भएको थियो। सरकारले यसअघि नै प्रदर्शनका क्रममा घाइते भएकाहरूको नि:शुल्क उपचार गर्ने निर्णय गरेको थियो। 

प्रकाशित: Apr 02, 2025| 18:12 बुधबार, चैत २०, २०८१
प्रतिक्रिया दिनुहोस्