सोमबार, साउन १८, २०८३

कांग्रेस महाधिवेशन सकेसम्म छिटो गर्नुपर्छ: महामन्त्री थापा

 |  बुधबार, चैत २०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत २०, २०८१

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशन सकेसम्म छिटो गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेको बताएका छन्।

बुधबार रूपन्देही क्षेत्र नम्बर ५ को क्षेत्रीय सम्मेलनमा बोल्दै महामन्त्री थापाले भने, ‘२०८२ साल लाग्न लाग्यो, सके २०८२ मै नभए पनि २०८३ को प्रारम्भमै महाधिवेशन हुन्छ, सकेसम्म छिटो महाधिवेशन गरौं भनेर सभापतिलाई भनेका छौं, किनकी २०८४ मा त चुनाव आउँछ।’

कांग्रेसले २०७८ मंसिरमा १४ औं महाधिवेशन गरेको थियो। चार वर्षको अन्तरालमा महाधिवेशन गर्नुपर्ने कांग्रेसको विधानमा उल्लेख छ। तर विधानअनुसार नै विशेष परिस्थिति देखाएर सभापतिले एक वर्ष कार्यकाल थप गर्न सक्छन्।
 

प्रकाशित: Apr 02, 2025| 18:08 बुधबार, चैत २०, २०८१
प्रतिक्रिया दिनुहोस्