बुधबार, पुस ९, २०८२

दुई लाख बिरुवा उत्पादन गर्दै वन कार्यालय चितवन

 |  बुधबार, चैत २०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत २०, २०८१

चितवन- डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षका लागि एक लाख ९३ हजार ४१० बिरुवा हुर्काएको छ। कार्यालय परिसरमा रहेको नर्सरीमा ती बिरुवा उत्पादन गरेर हुर्काइएको हो।

National life

कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार जिल्ला वन पैदावार आपूर्ति समिति र डिभिजन वन कार्यालयबाट ती बिरुवा हुर्काइएको हो। त्यसमा जडीबुटी बिरुवा, डाले घाँस, फलफूल तथा बहुउपयोगी बिरुवा, बहुवर्षीय बिरुवा रहेका छन्।

आपूर्ति समितिबाट एक लाख २० हजार, डिभिजन वन कार्यालयका तर्फबाट ७३ हजार ४१० बिरुवा उत्पादन गरिएको उनले बताए।

उनका अनुसार डिभिजन वन कार्यालयमार्फत ३० हजार बिरुवा जडीबुटीका, १५ हजार बिरुवा डालेघाँस, फलफूल तथा बहुउपयोगी र २८ हजार ४१० बिरुवा बहुवर्षीय उत्पादन गरी हुर्काइएको छ। आपूर्ति समितिबाट उत्पादित बिरुवाका जात छुट्याउने काम भइरहेको छ।

यहाँबाट डालेघाँस, ठूला रुखजन्य बिरुवा र बहुउपयोगी बिरुवा उत्पादन हुँदै आएको छ। बहुवर्षीय बिरुवा सडक क्षेत्रमा लगाउन उपयोगी हुने गर्दछ। सडकलाई हराभरा र सौन्दर्य राख्नका लागि यी बिरुवा प्रयोग हुने गरेको छ। उनले भने, 'बहुर्षीय बिरुवाले वृक्षरोपणलाई सफल बनाउन सहयोग पुग्छ।' 

Laxmi sunrise bank
kumari

अघिल्ला वर्षका बिरुवा कम भएकाले यस वर्ष धेरै बिरुवा उत्पादन गर्न लागिएको पौडेलले बताए। गत वर्ष कार्यालयले ९२ हजार बिरुवा मात्र उत्पादन गरेको थियो। समितिबाट ८० हजार र डिभिजन वन कार्यालयलबाट १२ हजार बिरुवा उत्पादन गरिएको थियो। उनले भने, 'असार १५ गतेदेखि वितरण गर्ने गरी बिरुवा उत्पादनको काम भइरहेको छ।'

कार्यालयले अहिले २० भन्दा बढी प्रजातिका बिरुवा उत्पादन गरिरहेको छ। त्यसमा हर्रो, बर्रो, अमला, निम, जामुन, श्रीखण्ड, बेल, तेजपत्ता, चाप, निबुवा, अम्बा, वडहर, टाँकी, कोइरालालगायतका बिरुवा रहेको पौडेलले बताए। रासस

प्रकाशित: Apr 02, 2025| 16:06 बुधबार, चैत २०, २०८१
प्रतिक्रिया दिनुहोस्