बुधबार, पुस ९, २०८२

बजार अनुगमन तीव्र, सात फर्म कारबाहीमा

 |  बुधबार, चैत २०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत २०, २०८१

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ। अनुगमनका क्रममा विभागले सातवटा फर्मलाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ।

National life

विभागद्वारा गरिएको अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ को उल्लंघन गरेको पाइएपछि विभागले सम्बन्धित व्यवसायीलाई आवश्यक निर्देशन तथा कारबाही गर्नुका साथै एउटा फर्मको बिक्री रोक्कासहित सातवटा फर्मलाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको हो।

अनुगमनका क्रममा  स्पार्क अटो केयर प्रालि (काठमाडौं महानगरपालिका-८) को बिक्री वितरण रोक्का गर्दै सम्बन्धित कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। 

यसैगरी गौरङ्ग सारिज प्रालि (काठमाडौं-३१), सिजी मोटर्स प्रालि (ललितपुर महानगरपालिका-२), एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालि (विराटनगर महानगरपालिका-९), सिजन आईटी (काठमाडौं-२२), अर्बन गेअर्स (काठमाडौं-३१), गाभिनो फेशन वेयर (काठमाडौं-३१) लाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ। 

विभागले उपभोक्ताको हक र हित संरक्षण गर्दै बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउने उद्देश्यले निरन्तर अनुगमन तथा आवश्यक कारबाही गर्ने जनाएको छ। उपभोक्ता अधिकार सुनिश्चित गर्न व्यवसायले कानूनी प्रावधान पूर्णरूपमा पालना गर्नुपर्ने तथा आजदेखि सबै सामग्रीमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गरिएको विभागका महानिर्देशक कुमार दाहालले बताए।

Laxmi sunrise bank
kumari

उनले भने, 'जोखेर वा नापेर बिक्री गर्नेबाहेकका सबै सामग्रीमा एमआरपी अनिवार्य गरेका छौँ, जसले गर्दा स्वच्छ तथा पारदर्शी बजार हुनेछ, सानो सामग्रीदेखि ठूला गाडी सबैमा एमआरपी उल्लेख हुनुपर्ने छ।' रासस

प्रकाशित: Apr 02, 2025| 17:31 बुधबार, चैत २०, २०८१
प्रतिक्रिया दिनुहोस्