आइतबार, वैशाख ७, २०८२

भूकम्पको पाँच दिनपछि भग्नावशेषबाट जीवितै उद्धार

 |  बुधबार, चैत २०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, चैत २०, २०८१

vianetvianet

काठमाडौं- म्यान्मारमा ७.९ म्याग्निच्युडको भूकम्प गएको पाँच दिनपछि बुधबार एक होटलको भग्नावशेषबाट २६ वर्षीय कर्मचारीलाई उद्धार गरिएको छ।

triton college

भग्नावशेषमा दुई जना फसेको र म्यान्मारको अग्नि सेवा विभाग र टर्कीको उद्धार टोलीले एक जनालाई सुरक्षित स्थानमा ल्याउन सफल भएको एएफपीले जनाएको छ।

स्थानीय समयअनुसार मंगलबार अपराह्न ३ बजे होटलको अप्रेसन सुरु भएकोमा बुधबार बिहान १२:३० बजे ती व्यक्तिलाई उद्धार गरिएको बताइएको छ।

फसेका बाँकी व्यक्तिहरूको खोजी र उद्धारको प्रयास जारी छ। भूकम्पबाट म्यान्मारमा दुई हजार ७०० भन्दा धेरैले ज्यान गुमाएका छन्।

प्रकाशित: Apr 02, 2025| 13:58 बुधबार, चैत २०, २०८१
प्रतिक्रिया दिनुहोस्