शनिबार, पुस १२, २०८२

सगरमाथा आधार शिविरमा लेक लागेर  श्रमिकको मृत्यु

 |  बुधबार, चैत २०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत २०, २०८१

National life
Laxmi sunrise bank
kumari

सोलुखुम्बु- सगरमाथा आधार शिविरमा  श्रमिकको ज्यान गएको छ। ज्यान गुमाउनेमा दोलखाको गौरीशङ्कर गाउँपालिका–९ का ५५ वर्षीय लानिमा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार शेर्पा जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित सगरमाथा बेस क्याम्पमा काम गर्दै आएका थिए। यही चैत १७ गते साँझ ७:३० बजे लेक लागेर बिरामी परेका शेर्पालाई घोडामार्फत खुम्जुङ स्वास्थ्य चौकी लैजाने क्रममा चैत १८ गते थुक्लामा ज्यान गएको प्रहरीले जनाएको छ।

शवको कानुनी प्रक्रिया पूरा गरी मृतकको शव परीक्षणका लागि अल्टिच्युट हेलिकप्टरमार्फत टिचिङ अस्पताल काठमाडौँ लगिएको थियो। शव परीक्षणपश्चात चैत १९ गते मृतकको शव उनका भतिजा पेमाछिरी शेर्पाले बुझेका छन्। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 02, 2025| 13:43 बुधबार, चैत २०, २०८१
प्रतिक्रिया दिनुहोस्