बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • भाटभटेनीमा बहादुरी देखाएका सुरक्षा गार्डलाई पाँच लाख इनाम र पाँच ग्रेड बढुवा

भाटभटेनीमा बहादुरी देखाएका सुरक्षा गार्डलाई पाँच लाख इनाम र पाँच ग्रेड बढुवा

 |  बुधबार, चैत २०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत २०, २०८१

काठमाडौं- भाटभटेनी सुपरमार्केटले गत चैत १५ गतेको घटनामा बहादुरी देखाउने सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई पुरस्कृत गरेको छ।

National life

उनलाई आज एक कार्यक्रमबीच ५ लाख १ हजार १ सय ११ नगद रुपैयाँ पुरस्कार, एक फूली र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरिएको हो।

भाटभटेनीका मालिक मीनबहादुर गुरुङले उनलाई दुबोको माला लगाइदिएर सम्मान गरे। यसैगरी श्रीमती कमला गुरुङले पाँच लाखको चेक हस्तान्तरण गरिन्। पराजुली २२ वर्षदेखि भाटभटेनीमा काम गर्दै आइरहेका छन्।

कार्यक्रममा सो दिन भएको लुटपाट र तोडफोडमा भाटभटेनीलाई जोगाउन भूमिका खेल्ने अन्य कर्मचारीहरुलाई पनि पुरस्कार र सम्मान प्रदान गरिएको छ। अन्य तीन सुरक्षा गार्ड सूर्य गिरी, दीपेश खड्का, सोमबहादुर भुजेललाई २५ हजार रुपैयाँ नगद र एक ग्रेड बढुवा गरिएको छ।

यस्तै ग्रोसरी सिनियर सुपरभाइजर सागर गुरुङले ५१ हजार एक सय ११ को चेक र दुई ग्रेड बढुवा प्राप्त गरेका छन्।

Shivam cement

 

प्रकाशित: Apr 02, 2025| 11:16 बुधबार, चैत २०, २०८१
प्रतिक्रिया दिनुहोस्