बिहीबार, असार ४, २०८३

राजावादीको प्रदर्शनमा सहभागी नहुन सरकारको अपिल

 |  मंगलबार, चैत १९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १९, २०८१
National life
Shivam cement

काठमाडौं- सरकारले राजावादी समूहको प्रदर्शनमा सहभागी नहुन आम नागरिकलाई अपिल गरेको छ।

मन्त्रिपरिषद बैठकका निर्णय सुनाउन आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले राजावादी समूहको प्रदर्शनमा सहभागी नहुन सरकारले अपिल गरेको बताए। ‘तीनकुने घटनाको सत्यतथ्य छानिबिन गरी दोषीउपर कारबाही गर्न र अगामी दिनमा यस किसिमको घटना हुन नदिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ। साथै यस किसिमको अराजक गतिविधिमा संलग्न नहुन आम नागरिकहरूमा नेपाल सरकार हार्दिक अपिल गर्दछ,’ उनले भने।

घटनामा घाइते भएकाहरूको उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय भएको पनि उनले बताए। तीनकुनेमा चैत १५ गते दुई जनाको मृत्यु भएको थियो। 

प्रकाशित: Apr 01, 2025| 17:42 मंगलबार, चैत १९, २०८१
प्रतिक्रिया दिनुहोस्