मंगलबार, साउन १९, २०८३

सविनको पाँच दिनमा अन्त्येष्टि, सुरेशको शव अस्पतालमै

 |  मंगलबार, चैत १९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १९, २०८१

काठमाडौंको तीनकुनेमा चैत १५ गते गोली लागेर ज्यान गुमाएका कीर्तिपुरका सविन महर्जनको पाँच दिनपछि अन्त्येष्टि गरिएको छ। 

गत शुक्रबार (चैत १५) मा भएको घटनामा ज्यान गुमाएका महर्जनको आज अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो।

उनको शवको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको थियो। महर्जनको परिवारले आजमात्रै शव बुझेको थियो।

तीनकुनेको एक घरभित्रै जलेर मृत्यु भएका पत्रकार सुरेश रजकको शव भने अस्पतालमै छ। उनको पोस्टमार्टम प्रक्रिया नसकिएका कारण शव शिक्षण अस्पतालमै रहेको हो।

तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनका क्रममा सविन र सुरेशको मृत्यु भएको थियो।

प्रकाशित: Apr 01, 2025| 17:34 मंगलबार, चैत १९, २०८१
प्रतिक्रिया दिनुहोस्